निकै सस्तो र आर्कषक मुल्यमा विद्युतीय गाडी

सहयात्रा टिभी

काठमाडौं । असार ३१, मोटरसाइकललाई विस्थापित गर्ने गरी काठमाडौमा श्री इकोभिजनरी प्रालिले निकै सस्तो मुल्यका गाडी भित्रिएका छन् ।

कम्पनीले चिनियाँ ब्राण्ड ‘सिटी स्प्रिट’का विद्यु तीय ब्राण्ड नेपाल ल्याएको हो ।

२ सिट र ४ सिट क्षमताका गाडी मोटरसाइकलकै मुल्यमा किन्न सकिने तथा चलाउन निकै सजिलो हुनेछ ।

८० किलोमिटर प्रति घण्टा गुड्ने यि गाडी एक पटक चार्ज गरेपछि १२० किलो मिटर गुड्न सक्ने कम्पनीले दावी गरेको छ ग्रेडिबिलिटी २० प्रतिशत रहेको गाडीमा १५ किलोवाट अधिकतम पावर रहेको छ।

त्यस्तै २ स्ट्यान्डर्ड कन्फिगरेसन लिड एसिड गाडीको मूल्य १३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ। लिथियम आयन ब्याट्री भएको स्ट्यान्डर्ड कन्फिगरेसन गाडीको १७ लाख ८५ हजार रुपैयाँ मूल्य तोकिएको छ। त्यस्तै फुल कन्फिग्रेसन लिड एसिड ब्याट्री भएको ४ सिटयुक्त गाडीको मूल्य १४ लाख ८५ हजार तोकिएको छ।

यता फुल कन्फिगरेसन लिथियम आयनको मूल्य १८ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । अन्य जानकारीका लागि कम्पनीको वेवसाइट मा हेर्न सक्नुहुनेछ ।

 

प्रकाशित : 15 July, 2021

प्रतिक्रिया दिनुहोस्