नर्भिक अस्पतालले भविष्यमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । असार ३१, नर्भिक इन्टरनेसनल अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको छ ।
त्यस्तै नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवा दिँदै आएको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको जनाएको छ ।
पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि आईपीओसमेत निष्कासन गर्ने भएको छ ।