आइफोनको क्यामराको फ्ल्यास अन गरी फोटो खिच्दा पत्ता लागीयो क्यान्सर

सहयात्रा टिभी

काठमाडौं । साउन १, अमेरिकामा एक महिलाले आइफोनको क्यामरा फ्ल्यासको प्रयोग गरी क्यान्सर पत्ता लगाएकी छिन्।

सात वर्ष अगाडी जर्जियाकी ४१ वर्षिय जोसी रकले आफ्नो छोरा एसरको फोटो खिच्दा उनलाई आँखाको क्यान्सर रहेको थाहा पाएकी हुन्। त्यो बेला एसर तीन महिने शिशु थिए।

जोसीले फोटो खिच्न लाग्दा झुक्किएर क्यामराको फ्ल्यास अन भएको थियो। पछि सो फोटो हेर्दा एसरको दाहिने आँखामा सेतो चमक देखिएको थियो। आँखाको त्यो चमक क्यान्सरको दुर्लभ प्रकार ‘रेटिनोब्लास्टो’मा भएको थाहा पाएर जोसीले तुरुन्तै छोरालाई अस्पताल लगेको एप्पल इन्साइडरले जनाएको छ। एजेन्सीको साथमा ।

 

 

प्रकाशित : 16 July, 2021

प्रतिक्रिया दिनुहोस्