पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मृर्गौला फेल

काठमाडौँ । साउन ३, ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।
एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । सहकलाकार तथा नजिककी साथी दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् ।
अस्पतालमा डाइलसीस चलिरहँदा अस्तिदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन् । पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
स्वास्थ्य गम्भीर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन् ।
पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् । उनका छोरीहरु कमाउन सक्ने भइसकेका छैनन् । काठमाडौंको बालाजुमा पल्पसाको घर छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अह्वान गरिएको छ ।
उनले हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन् ।