उपेन्द्र यादवद्धारा ७ मन्त्रालयको माग

काठमाडौं । साउन ३, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने जनाएका छन्।
त्यसका साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ ।
शनिबार बसेको संसदीय दलको बैठकले ७ वटा मन्त्रालय र एक राज्यमन्त्री पाउनुपर्ने सहमति समेत गरेको बताईएको छ।