बंगलादेशमा कोरोना संक्रमण बढ्दो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
ढाका । साउन ३, बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको थियो ।
गएको २४ घन्टामा कोरोनाका आठ हजारभन्दा बढी संक्रमितहरु देखिएका छन् । त्यस्तै शनिबारमात्र २०४ जनाको ज्यान गएको छ । बंगलादेशको सरकारले करिब महिना दिनदेखि कतै कडा र कतै केही खुकुलो खालको लकडाउन घोषणा गरेको समाचारमा जनाइएको छ ।
बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । अधिकारीहरुका अनुसार हालसम्म १० लाख भन्दा बढी संक्रमित पाइएका छन् भने १७ हजार जना भन्दा बढीको ज्यान गएको छ ।
लकडाउनका कारण प्रायः सरकारी कार्यालय तथा अदालतहरू बन्द रहेका छन् । तर औधोगिक क्षेत्रहरू भने आलोपालो गरी चलिरहेका छन् । लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरू तथा अदालतहरू बन्द छन् । तर उद्योग तथा मिलहरू आलो पालो सञ्चालन हुने अधिकारीहरूले जनाएका छन् ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।
–सिन्ह्वा