आर्थिक वर्षको पहिलो कारोबारको दिन तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । साउन ३, नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा नयाँ आर्थिक वर्षको पहिलो कारोबारको दिन उत्साह छाएको छ ।

नेप्से ७० अंकले बढेर २९५३ विन्दुमा पुगेको छ भने ६ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

यो समाचार तयार पार्दासम्म ङादी ग्रुप पावर, सिंगटी हाइड्रो इनर्जी लिमिटेड र सिद्धार्थ बैंकको शेयरमूल्य उच्च बृद्धि भएको हो । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

प्रकाशित : 18 July, 2021

प्रतिक्रिया दिनुहोस्