मुम्बईमा भिषण वर्षापछि पहिरो, १५ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन ३, भारतको मुम्बईमा भारी वर्षाका कारण दुई छुट्टाछुट्टै घटनामा १५ जनाको मृत्यु भएको छ ।
शनिबार रातभर भएको वर्षाको कारण मुम्बईमा पहिरो र एउटा घरको पर्खाल भत्किँदा घटनामा सो व्यक्तिहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नवी मुम्बईको वाशी क्षेत्रमा राति अबेर करिब एक बजे एउटा घरको पर्खाल भत्किदा १२ जनाको मृत्यु भएको थियो भने
राति साढे दुई बजे मुम्बईको विखरोलीमा एउटा छाप्रो पुर्दा त्यसमा बस्ने तीनजनाको मृत्यु भएको हो ।
मुम्बईका धेरै क्षेत्रमा केही घण्टामा नै २०० मिलिलिटरभन्दा धेरै वर्षा भएको कारणले केही स्थानमा रेलसेवा पनि अवरुद्ध भएको बताईएको छ ।
एजेन्सीहरुको सहायतामा ।