मेसीले कोपा जितेको फोटोले मच्चायो तहल्का, इन्स्टाग्राममा सर्वाधिक रुचाइएको खेलकुद फोटो

काठमाडौं । साउन ३, एक साताअघि कोपा अमेरिकाको उपाधि जितेका लियोनल मेसीले हाल अर्को कीर्तिमान बनाएका छन् ।
मेसीले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट कोपा अमेरिकाको उपाधिसहित पोस्ट गरेको फोटो इन्स्टाग्रामको सर्वाधिक रुचाइएको खेलकुद फोटो बन्न सफल भएको छ ।
यसअघि सर्वाधिक धेरै लाइक गरिएको फोटो रोनाल्डोले २५ नोभेम्बर २०२० मा डिएगो म्याराडोनाको निधनपछि र म्याराडोनाप्रति सम्मान प्रकट गर्दै पोस्ट गरेका थिए । मेसीले गरेको पोस्टमा समाचार तयार गर्दासम्म २ करोड ७५ हजारभन्दा धेरै लाइक आइसकेको छ ।