आजदेखि ‘जोन्सन’ खोप लगाईने, क–कसले पाउने प्राथमिकता? (सूचना सहित)

सहयात्रा टिभी

काठमाडौं । साउन ४, काठमाडौमा आजबाट कोरोना विरुद्धको अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जोन्सन लगाईने भएको छ ।

यो खोप एक मात्रा लगाए पुग्छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो । आजबाट यो खोप लगाउन ४४ वटा खोप केन्द्र तोकिएका छन् । उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय भएको छ ।

साथै पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।

सूचनाः

प्रकाशित : 19 July, 2021

प्रतिक्रिया दिनुहोस्