विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख बढि
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन ४, विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ६७५ जनाको मृत्यु भएसँगै विश्वमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ हजार ३५२ पुगेको हो।
त्यस्तैगरी कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा ६ लाख २४ हजार ७५६ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ५ लाख ४२ हजार २६२, भारतमा ४ लाख १४ हजार १४१, मेक्सिकोमा २ लाख ३६ हजार र पेरुमा १ लाख ९५ हजारको मृत्यु भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा इन्डोनेसियामा १ हजार ९३, ब्रजिलमा ९३९, रसियामा ७६४ र भारतमा ५०१ जनाको मृत्यु भएको छ।
बेलयायतमा ४८ हजार, इन्डोनेसियामा ४४ हजार ७००, भारतमा ३८ हजार ३२५, ब्रजिलमा ३४ हजार र रसियामा २५ हजारसहित विश्वभर ४ लाख ४० हजार संक्रमित थपिएका छन्। एजेन्सीको साथमा ।