पुल भाँचिदा २ जनाको मृत्यू

मुस्ताङ । साउन ४, स्थानीय घरपझोङ गाउँपालिकाको ठिनीखोलास्थित कच्ची सडकमा ग १ ख ६८५२ नम्बरको ट्रक अस्थायी पुल तर्ने क्रममा पुल भाँचिएर ट्रक खोलामा खसेर दुर्घटना भएको छ ।
ट्रकमा सवार रामेछाप गोकुल गंगा गाउँपालिकाका ३८ वर्षीय चित्र बहादुर श्रेष्ठ समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ४ जनामध्ये ३ जना मुस्ताङ जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।