कस्तो अचम्मको मानिस जो ३०० दिन सुत्छन्, निद्रामै परिवारले हेरचाह

काठमाडौं । साउन ४, भारतको राजस्थान राज्यको नागौर जिल्लामा पर्बतसर उपखण्डको भादवा गाउँका ४२ वर्षका पुरखाराम एक वर्षमा ३०० दिनको समय सुतेरै बिताउँछन् ।
उनलाई खाना खुवाउने, नुहाउने, शौचालय जाने काम सबै निद्रामै गर्नुपर्छ ।
उनी एक्सिस हाइपरसोम्निया नामको दुर्लभ रोगबाट ग्रसित छन् जसका कारण उनी निदाइरहन्छन् ।
उनको परिवारका अनुसार एक पटक सुतेपछि उनी लगभग २० देखि २५ दिनसम्म बिउँझिँदैनन् ।
पुरखारामको निद्राबाट दिक्क भएका परिवारले उनलाई डाक्टरकहाँ पनि लिएर गएका थिए तर त्यतिबेला उनलाई के रोग लागेको हो भन्ने पत्ता लाग्नै सकेन । अहिले पुरखाराम एकपटक सुतेपछि २०–२५ दिनसम्म उठ्दैनन् ।
जी मिडियाको टिमले विशेषज्ञ डा. बी आर जांगिडसँग यसबारे सोध्दा पुरखारामलाई एक्सिस हाइपरसोम्निया नामको रोग भएको खुलासा भयो ।