अब होण्डा ग्राजिया बीएसभीआई मोडलमा

काठमाडौं । साउन ४, नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा ग्राजियाको बीएसभीआई मोडललाई सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार १२५ सीसीको नयाँ बीएसभीआई मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ ।
१५५ एमएमदेखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ ।
त्यस्तै होण्डाको प्रोग्राम फ्यूल इन्जेक्सन टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ । ग्राजियाको नयाँ बीएसभीआई डीएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नका लागि पनि सुविधा रहेको बताइएको छ ।