क्रसर उद्योगको चरम अतिक्रमणमा रोशी खोला, गाउँ पनि विस्थापित (फोटोफिचर)

बनेपा । साउन ५, काभ्रेपलाञ्चोकको रोशी खोला आसपासमा ढुंगाखानी र क्रसर उद्योगले अतिक्रमण गर्दा गाउँ नै विस्थापित हुन पुगेको छ ।
ढुङगाखानी र क्रसर उद्योगका कारण खोला चरम अतिक्रमणमा परेको छ । यस्तै आसपास क्षेत्रका बस्ती पनि विस्थापित भएको छ ।
पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सीमाना रहेको रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा सञ्चालित ढुङगाखानी र क्रसर उद्योगले रोशी खोला अतिक्रमण गरेको हो ।
अतिक्रमणमा परेको रोशी खोला र आसपासको विस्थापित बस्तीको तस्वीर राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार पेमा लामाले खिचेका छन् ।
हेर्नुहोस् अतिक्रमणमा परेको रोशी खोलाको तस्वीर