आज हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने), यस्ता छन् तुलसीका फाईदा

सहयात्रा टिभी

काठमाडौं । साउन ५, आज हरिशयनी एकादशीलाई तुलसी रोपण ।

प्रत्येक वर्षको ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखिन्छ भने आषाढ शुक्ल एकादशीका दिन मठमा रोपिन्छ ।

तुलसीलाई वैदिक सनातन धर्मालम्बीहरूले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको पूजा आराधना गरे पनि तुलसी एक बहु उपयोगी बिरुवा मानिन्छ ।

तुलसीको मुख्य दुई प्रजाति रहेको हुन्छ – कालो तुलसी र सेतो तुलसी । कालो तुलसी गाढा हरियो र कालो रङ्गको हुन्छ भने सेतो तुलसी सेतो, हल्का हरियो रङ्गको हुन्छ । यी दुवै प्रकारका तुलसीमा औषधीय गुण भरिपूर्ण रहेको हुन्छ ।

तुलसीका फाइदाहरू यस प्रकार रहेका छन्ः

  1. मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउँदा पेट स्वस्थे हुन्छ, छाती दुख्ने, कफ जम्ने समस्या पनि हट्छ ।
  2. तुलसीको रसले मुख कुल्ला गरेमा दाँत तथा गिजाबाट आउने रगत बग्न रोकिन्छ ।
  3. हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउँदा उच्च रक्तचाप नियन्त्रण गर्छ । साथै तनाव हटाउँछ ।
  4. कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ ।
  5. तुलसीको पात पकाएर बिहान खाली पेटमा नियमित रूपमा पिउँदा अजीर्ण एवं अपचको समस्या कम हुन्छ ।
  6. छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाएर पकाई बिस्तारै छातीमा मालिस गर्दा फाइदा गर्छ ।
  7. तुलसीको पातको रसमा ज्वानो मिसाएर खाँदा पेटको जुकालाई मार्छ ।
  8. बान्ता भएमा तुलसीको रसमा अलैँची वा सुकुमेलको धुलो मिसाएर सेवन गर्दा फाइदा हुन्छ ।
  9. शीघ्र स्खलन, स्वप्न दोष, नपुंसकता, लिङ्ग शिथिलता आदिमा तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर सेवन गर्दा फाइदा हुन्छ ।
  10. तुलसीको पात र बेसारलाई मिसाएर घाउ खटिरामा लगाउँदा फाइदा गर्छ ।
  11. खोकी लागेको बेला तुलसीको पात र अदुवाको टुक्रा पकाएर रस निकालेर मह मिसाएर सेवन गर्दा फाइदा गर्छ ।
  12. तुलसीको पातको रस सुत्नुभन्दा अगाडी अनुहारमा लगाउँदा डन्डिफोरबाट छुटकारा मिल्छ ।

 

प्रकाशित : 20 July, 2021

प्रतिक्रिया दिनुहोस्