यस्तो गाउँ जहाँ दुनियाकै लामो कपाल भएका महिलाहरु, कपाल हेर्न आउँछन् हजारौँ पर्यटक

काठमाडौं । साउन ५, चीनको गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ ।
हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् ।
उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ ।
यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ । रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । एजेन्सीको साथमा ।