कालो ढुसीबाट हालसम्म ४३ सयको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन ७, भारतमा निम्तिएको अर्को महामारी कालोढुसी (ब्ल्याक फंगस) संक्रमणबाट हालसम्म चार हजार ३०० जनाको ज्यान गएको छ।
भारतीय सञ्चारमाध्यमले कोरोना संक्रमणमुक्त भएपछि देखिने यो रोगका कारण हालसम्म ४ हजार ३ सय भन्दा बढीको मृत्यु भएको जनाएका छन्।
त्यस्तै महाराष्ट्र र गुजरातमा बढी संक्रमित देखिएका छन् । कोरोना संक्रमणमुक्त भएको १२ देखि १८ हप्तामा देखिने कालो ढुसीले नाक, आँखा र दिमागमा समेत असर गर्ने चिकित्सकहरुले बताएका छन्।