२० बर्षदेखि ‘लिभ इन रिलेसन’– ६० वर्षमा बल्ल भयो विहे

काठमाडौं । साउन ७, भारतको उन्नाव जिल्लाको गंज मुरादाबादको रसूलपुर रुरी गाउँमा करिब २० बर्षदेखि लिभ इन रिलेसनमा रहेका ६० वर्षीय पुरुष र ५५ वर्षीया महिलाले विवाह गरेका छन् ।
त्यस्तै दम्पतीका जेठा छोराले बुबाआमाको विवाह देखेर आफू निकै भँग्यशाली भएको बताएका छन् ।
गाउँलेहरुका अनुसार ती वृद्ध दम्पतीले बिहे नगरी सँगै बस्दा समाजबाट विभिन्न किसिमका अपहेलना सहनु परेको थियो । गाउँका प्रधान गएर दुवैलाई सम्झाएपछि उनीहरु आधिकारिक रुपमा विवाहका लागि समहत भएका थिए ।