औषधिले भरिपूर्ण अमलाको जुसमा पाईने फाईदाहरु यस्ता छन्
काठमाडौं । साउन ७, अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । अमला खानाले आँखाको शक्ति बढ्छ ।
तयस्तै आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको महत्व धेरै छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ ।
अमला नेपालमा पाइने एक किसिमको रूख हो । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ ।
अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा तितौराको रुपमा प्रयोग गर्न सकिन्छ ।
अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । यसर्थ स्वाद र औषधिले भरिपूर्ण अमलाको अचार वा तितौराका साथै यसको जुस बनाएर पनि पिउने गरौं ।
अमलाका फाइदाहरु निम्न प्रकारका छन्:
–अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको नियमित सेवनले शरीरको सेल बढाउनुका साथै स्फूर्त पनि राख्छ । अझ महिलामा देखापर्ने विभिन्न शारीरिक समस्याबाट मुक्त राख्न अमलाले विशेष भूमिका खेल्ने गर्छ ।
–अमलाले रगतमा चिनीको नियन्त्रण गर्छ । चिकित्सकले समेत डाइबिटिज (मधुमेह रोग)का बिरामीलाई अमला खान सल्लाह दिने गर्छन् । यसले मेटाबोलिज्म बढाएर शरीरलाई तागत दिन्छ ।
–अमलाले कपाललाई पनि निकै फाइदा पुर्याउँछ । यसले कपाललाई बाक्लो, कालो र चम्किलो बनाउँछ ।
–अमलाले आँखाको ज्योति बढाउन मद्दत गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।
–अमलामा पानीको मात्रा पनि हुन्छ यसले पिसाब सम्बन्धी समस्या हटाउने गर्छ । अमलाले अनावश्यक नून, एसिडलाई पनि पिसाबका माध्यमले बाहिर निकाल्ने गर्छ ।
–कोही मानिस उमेरै नपुगी बुढो देखिन्छन् । अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपनालाई कम गर्छ ।