एकाबिहानै काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं । साउन ८, काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको जनाएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।
केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।