आँप व्यवसायबाट पाँच गुणा बढी आम्दानी

सहयात्रा टिभी

सर्लाही । साउन ८, सर्लाहीले यस वर्ष ठेक्का नलागेपछि कर्मचारी खटाएर आँप बिक्री गरेको छ ।

आँप बिक्री गरेर ५२ लाख रुपैयाँभन्दा बढी राजस्व बैंक दाखिला गरेको केन्द्रका प्रमुख पद्मप्रसाद अधिकारीले बताए ।

केन्द्रले आँप बिक्रीबाट अघिल्लो वर्षको तुलनामा यस वर्ष पाँच गुणा बढी आम्दानी गरेको हो ।

गत वर्ष ठेक्कामार्फत आँप बिक्रीबाट १० लाख ३५ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि आँप खरिदका लागि एक ठेकेदारले ३७ लाख ७२ हजार रुपैयाँमा टेण्डर हालेका थिए तर ठेकेदार सम्झौता गर्न नआएपछि कृषि विभागसँग स्वीकृति लिएर बागवानी केन्द्र आफैले कर्मचारीमार्फत आँप बिक्री गरेको बताईएको छ ।

प्रकाशित : 23 July, 2021

प्रतिक्रिया दिनुहोस्