चम्सुरीलाई आफ्न्नै परिवारबाटै तीनजनाले मिर्गौला दिन तयार

काठमाडौं । साउन ८, हाँस्य कलाकार पल्पसा डंगोल चम्सुरीले आमाबुबा, दुई छोरी सबैबाट रोग लुकाएकी भएर दिन दिनै दुब्ल्याउँदै गएकी छिन् ।
त्यस्तै यतिबेला उनको किड्नी प्रत्यारोपणको तयारी थालिएको छ ।
परिवारबाटै तीनजना मिर्गौला दिन तयार भएको पल्पसाका भाई अर्जुनले बताए । पल्पसाको मृर्गौला फेल भएको भएता पनि उनले परिवार र छोरीहरुलाई युरिक एसिड भएको भन्दै सुटिगंमा पनि आँफैले खाना बनाएर सादा खान खाँदै आएकी थिइन् ।
त्यसैगरी, आफ्नो करियरको सुरुवातमै शिखर साँझ कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग काम गर्ने अवसर पाएकी काठमाडौँको किर्तीपुरमा जन्मे हुर्केकी पल्पसा भन्छिन् मेरा लागि आर्थिक सहयोग नगर्नु ।