कुर्कुच्चा फुट्ने समस्या छ ? यस्ता छन् घरेलु उपचार बिधि

काठमाडौं । साउन ८, सामान्यतय जाडो मौसममा खुट्टाको कुर्कुच्चा फुटेने समस्या बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन् ।
छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु पनि छन् ।
यसलाई हामीले आफ्नै घरमा उपलब्ध सामाग्रीहरु प्रयोग गरेर सजिलै हटाउन सकिन्छ।
आधा कचौरा पानीमा एउटा कागती काटेर यसको आधा भागको रस निचोरेर राख्ने। त्यसपछी यसमा सानो चम्चाको आधा यानिकी आधा चम्चा ग्लिसिरिन र सानो चम्चाकै आधा नुन राखेर सम्पूर्ण सामग्रीलाई राम्ररी मिसाउने। यो मिश्रण तयार भएपछी।
त्यस्तै अघि हामीले निचोरेको कागतीको बोक्रा लिएर यस पानीको मिश्रणमा चोपेर फुटेको ठाउँमा स्क्रब गर्ने। ५-१० मिनेट सम्म गर्नु पर्छ। यसरी स्क्रब गर्दा फुटेको छाला (डेड स्किन) सबै निस्किन्छ र एकदम सफा र चिटिक्क हुन्छ।
स्क्रब गरेर राम्ररी पुछेपछी यो भागमा भ्यास्लिन लगाउनुहोस्। यो विधि राती सुत्नु भन्दा अगाडी प्रयोग गर्नुहोस्।
लगातार तीन दिनसम्म यो उपचार विधि अपनाउँदा जस्तोसुकै फुटेको कुर्कुच्चा निको हुन्छ।