भीम रावलद्धारा राजीनामा फिर्ता

सहयात्रा टिभी

काठमाडौं । साउन ८, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्।

त्यस्तै बिहीबार एमाले वरिष्ठ नेता माधव नेपाल रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लाग्दा रावलले पार्टीभित्रको आन्तरिक असन्तुष्टिका कारण प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए।

प्रकाशित : 23 July, 2021

प्रतिक्रिया दिनुहोस्