केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल क्रिकेट संघ(CAN) ले आयोजना गर्ने सम्पुर्ण खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्ने

सहयात्रा टिभी

काठमाडौं । साउन ९, नेपाल क्रिकेट संघ(CAN) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ ।

मिति २०७८ श्रावण ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह बिच सम्झौतामा हस्ताक्षर भएको छ।

यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघ(CAN)ले आयोजना गरेको पि.एम कप तथा मेयरर्स कपका महिला/पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा नेपाल क्रिकेट संघ (CAN) द्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पु¥याउने बताउनु भएको छ ।

प्रकाशित : 24 July, 2021

प्रतिक्रिया दिनुहोस्