भिषण बर्षापछि चीनमा बाढी, ज्यान गुमाउनेमा ५६ जना

सहयात्रा टिभी

काठमाडौं । साउन ९, चीनको मध्य क्षेत्रमा पर्ने हेनान प्रान्तमा भिषण बर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

त्यस्तै हेनान प्राप्तको झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीलाई अझै बाहिर निकालन नसकिएको प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागले जनाएको छ ।

त्यसैगरी भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको छ। त्यहा थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन्।

 

प्रकाशित : 24 July, 2021

प्रतिक्रिया दिनुहोस्