जंगली च्याउ खादाँ बाबु–छोरा सिकिस्त बिरामी, झारफुकले लियो ज्यान

सहयात्रा टिभी

इलाम । साउन १०, इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ ।

फाकफोकथुम गाउँपालिका–१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाए ।

त्यस्तै साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए ।

जंगली विषालु च्याउको तरकारी खाएरै उनीहरुको ज्यान गएको वडाध्यक्ष लिम्बुको भनाइ छ । ‘च्याउको तरकारी बाबु–छोराले मात्र खाएका रहेछन्, उनीहरु बिते । नखाएका श्रीमती र बुहारीलाई केही भएको छैन,’ उनले भने, ‘धामीझाँक्री गर्नाले बाबु–छोरा बिते, बेलैमा अस्पताल लगेको भए यस्तो घटना हुँदैनथ्यो होला ।’

प्रकाशित : 25 July, 2021

प्रतिक्रिया दिनुहोस्