आज मलेसियाबाट ल्याइयो २४ नेपालीको शव र ३ अस्तु

काठमाडौं । साउन १०, आज मलेसियाबाट २४ वटा नेपालीको शव र तीन वटा अस्तु नेपाल आईपुगेको छ ।
मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।