राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । साउन १०, सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष नेम्वाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दुःख दिएको दाबी उनले गरेका छन्।

मुख्य प्रशिक्षकको राजीनामा घोषणापछिको अवस्थाको छलफलका लागि एन्फामा बैठक बसिरहेको छ। एन्फा प्रवक्ता किरण राईले प्रशिक्षकको राजीनामा औपचारिक रुपमा नआएको जानकारी दिएका छन्।

प्रकाशित : 25 July, 2021

प्रतिक्रिया दिनुहोस्