सहाशी खेल बन्जी जम्प गर्ने क्रममा एक युवतीको मृत्यू

सहयात्रा टिभी

काठमाडौं । साउन १०, सहाशी खेल बन्जी जम्प गर्ने क्रममा एक युवतीको मृत्यू भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार उत्तरी कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो ।

डोरी नै नबाँधीकन ती युवतीले हाम्फालेपछि घटनास्थलमै उनको मृत्यू भएको हो ।

उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि भएको छ ।

प्रकाशित : 25 July, 2021

प्रतिक्रिया दिनुहोस्