गायक सचिन र सम्झनाको आवाजमा तीज गीत ‘नक्कली कान्छी’ सार्वजनिक

काठमाडौं । साउन १०, गायक सचिन भट्टराई र सम्झना भण्डारीको आवाजमा तीज गीत ‘नक्कली कान्छी’ सार्वजनिक भएको छ ।
निरोज भट्टको शब्द तथा हरि डीसीको संगीत रहेको ‘नक्कली कान्छी’लाई पुर्ण संयोगले संगीत एरेञ्ज गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी रहेको छ । हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर बजारमा ल्याइएको गीतको भिडियोमा सुनिलले युवती र गीताले युवकको भूमिका पनि निभाएका छन् ।
हेरौं गीतको भिडियोः