केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी
।। श्री वक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा
निर्विघ्नं कुरु के देव सर्व–कार्येशु सर्वदा ।।

काठमाडौं । साउन १२,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम बिग्रने डरले सताउनेछ।साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुपर्ला। प्रारम्भमा विशेष अवसर प्राप्त भए पनि सहयोगीहरूको भरपर्दा पछि परिनेछ। सोचेको काम निकै मेहनतपछि पुरा गर्न सकिनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। स्थिति केही उतारचढावमय रहनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। प्रेम सम्बन्ध मजबुत रहनेछ । अध्ययनमा प्रगति होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आलोचकहरूदेखि सावधान रहनुपर्नेछ। आर्थिक लाभ नभए पनि बौद्धिक उन्नति हुने जिम्मेवारी प्राप्त हुनेछ। धैर्यले काम बन्नेछ, वादविवादमा अघि नसर्नुहोला। इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सकारात्मक नतिजा आउनेछ। आफन्त र साथीभाइसँग सम्पर्क बढ्नेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन्। आस मारेको काम बन्ने संकेत प्राप्त हुनाले खर्चको जोहो गर्नुपर्ला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ। लाभांश बाहिरिनाले अर्थ अभाव देखा पर्नेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। अवसरले उत्साह जगाउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेका काम बन्नाले मनग्गे फाइदा हुनेछ। व्यवसायमा राम्रै आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। आफ्नैले पनि धोका दिन सक्छन्। केही विवादास्पद जिम्मेवारीसमेत वहन गर्नुपर्ला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
विवादमा परी पनि हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ।अरूका लागि जुट्नुपरे पनि आफ्नै भाग्योन्नति हुनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्थितिमा सुधार आउनेछ भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
अर्थ अभावले सताउने हुँदा आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। प्रियजनसँग भेटघाट हुनेछ । आतिथ्य खर्चिलो हुनेछ। बिनाकारण वादविवादमा परिने योग देखिएकाले व्यवहारमा सजग रहनुहोला।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धीहरूले दुस्ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। परिवारजनको सहयोगले धेरै अप्ठ्यारा काम सम्पादन हुनेछन्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आँटले चिताएको काम सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतको उपलब्धि प्राप्त हुनेछ। तापनि प्रतिस्पर्धीहरूले केही दुस्ख देलान्। रोकिएका काम दिहोर्याएर प्रयत्न गर्नुपर्ला।मन मिल्ने साथी भेटिनाले प्रेमको बन्धन समेत कसिने समय छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ।

प्रकाशित : 27 July, 2021

प्रतिक्रिया दिनुहोस्