केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना करहः चलचित्र क्षेत्र संकटमा

सहयात्रा टिभी

काठमाडौं । साउन ११, कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको हाल चलचित्र क्षेत्र हो।

लकडाउन खुलेसँगै अरु क्षेत्र चहलपहल भए तापनि चलचित्र क्षेत्र भने खुल्ने कुनै टुंगो लागेको छैन।

चलचित्रकर्मीले भने सबैलाई खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्डसहित विस्तारै चलचित्र क्षेत्र पनि खोल्नु पर्ने बताउँदै आएका छन्।

कोरोना त्रासका कारण नेपाली चलचित्रले झण्डै दुई वर्ष त गुमायो नै। अझै कति समय गुमाउनु पर्ने हो, निधो छैन। कोरोना भाइरसको प्रभावसँगै ‘म यस्तो गीत गाउँछु–२’ले प्रदर्शन स्थगन गरेको थियो। यससँगै ‘बद्रीबहादुर, ‘नीरफूल’, ‘सुस्केरा’, ‘प्रेम गीत–३’, ‘चपली हाइट–३’, ‘लप्पन छप्पन–२’, ‘हिजो आजका कुरा’, ‘लक्काजवान’, ‘माइकल अधिकारी’, ‘षट्कोण’, ‘पूर्व पश्चिम’, ‘आकाशे खेती’, ‘चिसो एस्ट्रे’, ‘जारी’, ‘दयारानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पानीफोटो’, ‘मन्त्र’, ‘एक’, झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘दोख’लगायत २१ चलचित्र रिलिजलाई तयार छन्। को

नेपालमा मात्र हैन नेपाली चलचित्रको विदेशी बजार पनि शून्य अवस्थामा झरेको छ।

विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछानेका अनुसार नेपाली चलचित्रका लागि आकर्षक बजार मानिएका अष्ट्रेलिया, अमेरिका, युरोप र जापान भाइरस संकटले नराम्रोसँग थलिएका छन्।

 

प्रकाशित : 26 July, 2021

प्रतिक्रिया दिनुहोस्