सुनको भाउ बढ्यो, यस्तो छ आजको भाउ

सहयात्रा टिभी

काठमाडौं । साउन ११, आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : 26 July, 2021

प्रतिक्रिया दिनुहोस्