ओडिआई सिरिजमा अष्ट्रेलिया विजयी

काठमाडौं । साउन १२, अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ ले जितेको छ ।
यसअघि पहिलो ओडिआई अष्ट्रेलियाले १३३ रनले जितेको थियो भने दोस्रो ओडिआई वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो ।
त्यसैगरी ब्रिजटाउनमा भएको खेलमा वेष्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । यस्तै कप्तान एलेक्स केरीले ३५ र मिचेल मार्सले २९ रन योगदान गरे । एस्टन एगर १९ रनमा अविजित रहे ।
वेष्ट इन्डिजलाई अलआउट गर्न अष्ट्रेलियाली बलरले उत्कृष्ट प्रदर्शन गरे । मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । एस्टन एगरले १० ओभरमा १ मेडन राख्दै ३१ रन मात्र खर्चेर २ विकेट लिए ।