साउन २७ बाट मानुषी लघुवित्तको आईपीओ निष्कासन

सहयात्रा टिभी

काठमाडौं । साउन १२, साउन २७ गतेदेखि मानुषी लघुवित्त वित्तीय संस्थाले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ ।

त्यस्तै कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ ।

आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिने विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बताएको छ ।

 

 

प्रकाशित : 27 July, 2021

प्रतिक्रिया दिनुहोस्