पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच ‘स्मार्ट सिटी’ बनाउन सम्झौता

काभ्रे । साउन १२, काभ्रेको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा मंगलबार नगरपालिका नगर प्रमुख महेश खरेल र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन्।
नगरपालिकालाई ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) बनाउन आवश्यक प्राविधिक, आर्थिक, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण र आवश्यक अन्य सहयोगलगायत गरी सात बुँदालाई मुख्य आधार बनाएर साझेदारी पत्रमा हस्ताक्षर भएको हो।