अभिनेता विराज भट्ट भोजपुरी फिल्मको छायाँकनको क्रममा घाइते

काठमाडौं । साउन १२, अभिनेता विराज भट्ट भोजपुरी फिल्म ‘आक्रोश’ को छायाँकनको क्रममा घाइते भएका छन्।
भारत सरकारले फिल्म सुटिङको अनुमति दिएसँगै भारतको लखनउमा फिल्म छायाँकन हुने क्रम जारी छ।
फिल्ममा एक्सन सिनमा काम गर्दा उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको हो। विराजले सुटिङमा घाइते भएपछि हाल आराम गरिरहेको बताएका छन्।