विश्वको सबैभन्दा ठूलो नीलम श्रीलंकामा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । साउन १३, श्रीलंकाका अधिकारीहरुले रत्नापुरामा रहेको एक व्यापारीको घरको आँगनमा इनार खन्ने क्रममा नीलमको एक क्लस्टर (समूह) फेला परेको छन् ।
जानकारहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा यो निलो रङ्गको नीलमको मूल्य करिब १० करोड डलर रहेको बताईएको छ ।
अहिले फेला परेको नीलमको तौल ५१० किलोग्राम छ । यसलाई ‘सरेन्डिपिडी सफायर’ अर्थात् ‘भाग्यले भेटिएको नीलम’ नाम दिइएको छ ।
उक्त निलम सफा गर्न भने एक वर्षभन्दा लामो समय लाग्छ । त्यसपछि मात्र यसको सही मूल्यांकन गर्न सकिने बताइएको छ ।एजेन्सीहरुको सहयोगमा