शववाहन सेवा निःशुल्क सञ्चालन

काठमाडौं । साउन १३, बाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालन गरेकोे छ ।
उपमहानगरपालिकाले ठेक्कामार्फत रु २३ लाख ३५ हजार लागतमा शववाहन खरिद गरेको बताईएको छ ।
सो क्षेत्रमा कसैको भवितव्य रूपमा खोलामा डुबेर, झुण्डिएर वा विष सेवन गरेर मृत्यु भएमा परीक्षणका लागि अस्पतालसम्म ल्याउन पनि शववाहनले सेवा दिने प्रमुख महतले जनाए ।