टोकियो ओलम्पिकमा आज गौरिका सिंहको प्रतिस्पर्धा

सहयात्रा टिभी

काठमाडौं । साउन १३, जापानमा संचालन भईरहेको टोकियो ओलम्पिकमा आज पौडीतर्फ नेपाली खेलाडी गौरिका सिंहको खेल हुने भएको छ ।

१ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी उनको खेल नेपाली समयअनुसार पौने चार बजे हुनेछ ।

गैरिका यो स्पर्धामा दक्षिण एसियाली च्याम्पियन हुन् । उनले दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

टोकियो आटिकको ५० मिटर लङ कोर्षमा उनले टाइमिङ सुधार गर्ने अपेक्षा गरिएको छ । महिलाको १ सय मिटर फ्रिस्टाइलमा ५२.६२ सेकेण्डको ओलम्पिक कीर्तिमान छ ।

हिट वानमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडीहरु छन् ।

 

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्