केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल आइडलको निर्णायक को बन्ने ?

सहयात्रा टिभी

काठमाडौं । साउन १३, गायन रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो सिजन सकिएको केही समय मात्र भयो ।

नेपाल आइडलको चौथो सिजनको चर्चासँगै उक्त शो मा को निर्णायक बस्ने भन्ने चर्चा पनि सुरु भएको छ ।

‘नेपाल आइडल’को पहिलो सिजनबाट तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायकका रूपमा थिए ।

चौथो सिजनमा भने यी चारैजना निर्णायकका रूपमा नदेखिने भएका छन् । उनीहरूसँग तीन सिजनका लागि मात्रै सम्झौता गरिएको आयोजकले बताइसकेको छ ।

नयाँ सिजनमा चारैजना निर्णायक नयाँ हुनेछन् । तर, अहिलेसम्म कसलाई निर्णायकका रूपमा ल्याउने भन्ने बारेमा कुनै टुंगो लागेको छैन ।

नेपाल आइडलको यो सिजनमा निर्णायकका रूपमा गायक सुगम पोखरेल आउने सम्भावना देखिएको छ । उनीसँग पहिलो सिजनमै कुरा भएको थियो । त्यतिबेला सुगमले नेपाल आइडलको निर्णायकका लागि आएको प्रस्ताव अस्वीकार गरेका थिए । यो सिजनमा भने सुगमले उक्त प्रस्ताव स्वीकारेको जानकारी प्राप्त भएको छ । तथापि उनीसँग सम्झौता भने भैसकेको छैन ।

यस्तै अन्य निर्णायकका लागि शम्भुजित बास्कोटा र उदय सोताङसँग पनि छलफल भइरहेको खबर सार्वजनिक भएको छ । महिला निर्णायकका लागि भने मिलन नेवार र मेलिना राईसँग छलफल चलिरहेको छ । एजेन्सी

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्