साउन २० गतेदेखि सानिमा लाइफको आईपीओको आवेदन दिन सकिने

सहयात्रा टिभी

काठमाडौं । साउन १३, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ ।

कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।

बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनी अधिकृत पुँजी २ अर्बको ३० प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी त्रिपल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : 28 July, 2021

प्रतिक्रिया दिनुहोस्