काठमाडौँ महानगरमा आजदेखि पुन: भेरोसेल खोप लगाइने

सहयात्रा टिभी

काठमाडौँ । साउन १४, काठमाडौँ महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ ।

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ ।

प्रकाशित : 29 July, 2021

प्रतिक्रिया दिनुहोस्