रातो खोलाले बगाएर ल्याएको शरीरको आधा भाग फेला

सहयात्रा टिभी

महोत्तरी । साउन १४, महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ ।

त्यस्तै शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको बताईएको छ ।

प्रकाशित : 29 July, 2021

प्रतिक्रिया दिनुहोस्