बोक्सीको आरोप लगाउदै कुटपिट गर्ने धामीसहित ३ जना पक्राउ

सहयात्रा टिभी

रोल्पा । साउन १४, रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले पक्रउ गरेको छ ।

बोक्सीको आरोप लगाउँदै आफूलाई कुटपिट गरेको भन्दै एक युवतीले प्रहरीमा निवेदन दिएपछि सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का २६ वर्षिय धामी राहुल सुनार, रोल्पा नगरपालिका वडा नं. ४ का ४५ वर्षीषा चुना कुमारी सेन र २२ वर्षीषा सीता सेनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रोल्पा नगरपालिका १० धबाङ मा घर भई लिबाङमा डेरा गरी बस्ने २६ वर्षिय महिलाले आफूलाई बोक्सी भन्दै साउन ६ गते करिव ६ बजेतिर कोठामा आई कुटपिट गरेको भन्दै ११ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : 29 July, 2021

प्रतिक्रिया दिनुहोस्