श्रीलंकाद्धारा भारत ४ विकेटले पराजित
सहयात्रा टिभी
काठमाडौं । साउन १४, श्रीलंकाले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई चार विकेटले हराएको छ।

श्रीलंकाले तीन खेलको शृंखला १–१ को बराबरी गर्यो। भारतका शिखर धवनले सबभन्दा धेरै ४० रन बनाए।
त्यस्तै १३३ रनको लक्ष्य श्रीलंकाले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। श्रीलंकाका धनन्जय डी सिल्भाले अविजित ४० रन बनाए।


