ओलम्पिकमा सहभागी २४ जनामा कोरोना पोजेटिभ

काठमाडौं । साउन १४, टोक्यो ओलम्पिकमा सहभागी थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
ओलम्पिक भिलेज भित्रका ३ खेलाडीसहित २४ जनामा कोरोना देखिएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले बताएको छ।
त्यस्तै खेलाडीसहित एकैदिन १५ जना कन्ट्रयाक्टर र ६ जना खेल सम्बन्धित अफिसियलमा कोरोना पुष्टि भएको हो।
अहिलसम्म ओलम्पिकमा सहभागी २० खेलाडीसहित १ सय ९३ जनामा कोरोना पुष्टि भैसकेको छ।