लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्धारा पदभार ग्रहण गरीदैं

बुटवल । साउन १५, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले (आज) शुक्रबार पदभार ग्रहण गर्दैछन् ।
गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जनाए । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् ।